Logo

उद्योग मन्त्रालयका सचिव दुवाडीले सम्हाले कार्यभार



काठमाडौं,४ मंसिर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा नियुक्त भएका नारायणप्रसाद शर्मा दुवाडीले आफ्नो कार्यभार सम्हालेका छन् ।उनले आज मन्त्रालयमा पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् ।

यसअघिका सचिव मधु मरासिनीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन् । मरासिनीको स्थानमा सरकारले दुवाडीलाई सचिवमा ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस्