Logo

भूकम्प प्रभावित जिल्लाका सुत्केरी र नवजात शिशुहरुको लागि विशाल ग्रुपद्वारा ५ सय बक्सा पौष्टिक आहार प्रदान



काठमाडौं, ४ मंसिर । विशाल ग्रुप र यसको परोपकारी संस्था भिजी फाउण्डेशनले जाजरकोट र रुकुम–पश्चिमका भूकम्प पीडितहरुको लागि राहत र आवश्यक सहयोग सामाग्री प्रदान गरेको छ ।

यो समूहले तिहारअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख सहयोग रकम जम्मा गरिसकेको छ । यस्तै, यो समूहले पीडितहरुलाई अहिलेको शितलहरबाट जोगाउनको लागि ५ सय प्रति ब्ल्यांकेट पनि प्रभावित जिल्लामा पठाईसकेको थियो ।

आज (सोमबार) भने यो समूहले भूकम्प प्रभावित जिल्लाका सुत्केरी महिला र नवजात शिशुहरुको लागि ५ सय बाक्सा आवश्यक पौष्टिक आहार प्रदान गरेको छ । सिंहदरबारस्थित् उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत विशाल ग्रुपको तर्फबाट प्रवन्ध निर्देशक अशोक कुमार अग्रवाल र निर्देशक अर्पित अग्रवालले पाँच सय बक्सा पौष्टिक आहार प्रदान गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्