काठमाडौं, ४ मंसिर । जाजरकोटमा भूकम्प गएको आज १७ दिन बितिसक्दा पनि पीडितहरुको अवस्था दयनीय छ । सरकारले उद्धारको लागि सकारात्मक कदम चालेपनि राहत तथा पूननिर्माणकोलागि भने पर्याप्त कदम चाल्न नसकेको गुनासो छ ।
दिनदिनै चिसो बढेको छ । पीडितहरु अहिलेपनि खुला आकाशमुनि रात विताउन बाध्य भएका छन् । अस्थायी संरचनासमेत तयार हुन सकेका छैनन् । जाडोकै कारण १० जनाको निधन भएको तथ्यांक सार्वजनिक भएको छ ।
सरकारले अस्थायी आवासको लागि प्रतिघर ५० हजार र मृत्तकको परिवारलाई प्रति परिवार दुई लाख दिने निर्णय गरिसकेको छ। स्थायी घर बनाउनको लागि प्रतिघर २ लाख दिने निर्णय गरेको छ ।
सरकारले गरेको निर्णयबमोजिम अस्थायी आवासको लागि पहिलो किस्तामा १ अर्ब ४१ करोड रुपैयाँ विनियोजन भएको छ । अहिले जाजरकोटमा भूकम्प प्रभावितको अवस्था दयनीय छ ।
हाम्रा सहकर्मी अमृत्त पौडेलले जाजरकोटबाट पठाएका तस्विरहरु हेर्नुहोस :