काठमाडौं, ४ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा जाडोलाई लक्षित गरेर जुत्ता मेला आयोजना गरिएको छ । यसअघि चाडपर्वलक्षित मेला सफलतापूर्वक सम्पन्न भएको उक्त स्थानमा अहिले जाडोलाई लक्षित गरेर जुत्ता मेला राखिएको छ ।
मेलामा जाडो महिनामा लगाईने जुत्ताहरु राखिएका छन् । नेपाली उत्पादनका जुत्ताहरुलाई ग्राहकले औधी रुचाएका छन् । तस्विर : अरुणजंग कार्की/रिपोर्टर्स नेपाल डटकम