Logo

दीपक भट्ट र मारवाडी समूदायले देशको अर्थतन्त्र कब्जा गरेको कांग्रेस सांसद बजगाईंको सनसनीपूर्ण आरोप, नयाँ लडाई सुरू गरेको उद्घोष



काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद राजेन्द्र बजगाईंले नेपालको अर्थतन्त्र दीपक भट्ट र मारवाडी समूदायले कब्जा गरेको सनसनीपूर्ण दाबी गरेका छन् । उनले ‘के देश रहन्छ ?’ भन्ने शीर्षकमा सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा यस्तो आरोप लगाएका हुन् ।

उनले यो धारणा सार्वजनिकसँगै आफूले नयाँ लडाईं थालेको पनि उल्लेख गरेका छन् । उनले नेपालको अर्थतन्त्रलाई सुदुरपश्चिमका दीपक भट्ट र मारवाडी समूदायले कब्जा गरेको दाबी गरेका छन् । उनकाअनुसार भट्ट र मारवाडी समूदायले ७ वटा माईक्रो–इन्स्योरेन्स (जीवन एवम् निर्जीवन) कब्जा गरेका छन् ।

यस्तै, हिमालयन रि–इन्स्योरेन्स, स्टक एक्सचेन्ज लाईसेन्सपनि भट्ट र मारवाडी समूदायले नै कब्जा गरेको उनको दाबी छ । उनले लगानी बोर्डका अध्यक्ष सुशिल भट्ट दीपकका आफ्नै सहोदर दाजु र नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमाल भट्टका आफ्नै ज्वाँई रहेको पनि खुलासा गरेका छन् ।

कांग्रेसभित्र नेता बजगाईं निडर नेताको रुपमा चिनिन्छन् । यसअघि नेपालको मारवाडी समूदायले देशको अर्थतन्त्र खोक्रो बनाएको भनेर व्यवसायी दुगाई प्रसाईंले पनि दाबी गरेका थिए ।

सञ्जाल एक्समा उनले लेखेका छन्–



प्रतिक्रिया दिनुहोस्