Logo

दुर्गा प्रसाईं बैंक ठग : सूर्य थापा



काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बैंक ठगको संज्ञा दिएका छन् । प्रसाईंले यही मंसिर ७ गते व्यवस्था उल्टाउने भन्दै काठमाडौंमा एक लाख मान्छे उतार्ने घोषणा गरेका छन् । त्यही दिन एमालेले पनि काठमाडौंमा आफ्नो कार्यक्रम गर्दैछ ।

सांसद थापाले दुर्गा प्रसाईंजस्तो बैंक ठगले राजतन्त्र ल्याइदिन्छ भनेर पत्याउने सबै दास र दलालहरु भएको आरोप लगाएका छन् । उनले फेशबुकमा लेखेका छन्–‘बैंक ठगले राजतन्त्र ल्याइदिन्छ भनेर पत्याउने सबै दास र दलालहरू ?’ पछिल्लो समय एमाले र दुर्गा प्रसाईं आमनेसामने भएका छन् ।

प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कम्बोडियामा ३ हजार करोड रुपैयाँ टेलिकममा लगानी गरेको गम्भीर आरोप लगाएका छन् । तर, ओलीले भने यस्तो झुठो आरोप लगाउनेलाई तत्काल पक्राउ गरेर कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् । ओलीले सार्वजनिक रुपमै अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेको औंला नै तल झारिदिने चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot