काठमाडौं,५ मंसिर । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आजपनि सर्वोच्च अदालतमा पेशी तोकिएको छ ।
सोमबार न्यायाधीश कुमार चुडालको एकल इजलासमा परेर हेर्न नभ्याईनेमा परेको उक्त रिट आज न्यायाधीश विनोद शर्माको एकल इजलासमा परेको छ ।
सरकारले कार्तिक २७ गते सामाजिक सद्भाव खलबल्याउने गतिविधि बढेको भन्दै टकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सर्वोच्च अदालतमा ११ जना कानुनविद्ले निवेदन हालेका छन् ।