Logo

एमाले केन्द्रीय समितिको बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा



काठमाडौं,५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक भोलि बस्दैछ ।

बैठक पार्टी मूख्यालय ललितपुरको च्यासलमा भोली दिउँसो बस्ने एमालेले जनाएको छ । भोली बस्ने केन्द्रीय समितिको बैठकमा मुख्यतया एउटामात्र एजेण्डामा केन्द्रीत रहने बताएईको छ ।

एमालेले मंसिर १४ गतेबाट गर्न लागेको ‘झुलाघाट–चिवाभञ्ज्याङ पुष्पलाल संवृद्धिका लागि सङ्कल्प यात्रा’ नामक अभियान एक मात्र छलफलको एजेन्डा रहेको छ ।

एमालेको पछिल्लो पटक कात्तिक २२ गते बसेको सचिवालय बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म हुने नेताहरूले बताएका छन् ।

यसअघि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पार्टी प्रवेश कार्यक्रमका लागि पर्सा जाँदैछन् । पूर्व सांसद तथा जसपाका नेता हरिनारायणप्रसाद रौनियारसहितका नेताहरुलाई एमाले प्रवेश गराउन ओली आज पर्सा जान लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्