काठमाडौं,५ मंसिर । फिफा विश्वकप छनोट २०२६ अन्तर्गत यमनविरुद्ध खेल्ने नेपाली फुटवल टिमको घोषणा भएको छ ।
आज बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् । चोटका कारण दुवै खेलाडी युएई विरुद्धको खेलमा टिममा थिएनन् । यस्तै युएई विरुद्धको खेलमा घाइते भएका मिडफिल्डर लकेन लिम्बु भने टिममा छैनन् ।
यसअघि भएको खेलमा नेपालले यूएईसँग ४-० गोलको फराकिलो हार बेहोरेको थियो । बहराइनले यमनमाथि २-० गोलको जित हात पारेको थियो ।
नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन् । चारै खेलमानेपाल जितविहीन छ । समूह ‘एच’ मा तीन अंक जोडेको यूएई पहिलो र बहराइन दोस्रो स्थानमा छन् । अंकविहीन यमन तेस्रो र नेपाल चौथो स्थानमा छन् ।
नेपाली टिम
गोलकिपर- किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेण्डर- अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ
मिडफिल्डर – एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु
फरवार्ड- जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी