काठमाडौं,५ मंसिर । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ । बैठक तिनकुनेमा जारी रहेको हो । आजको बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँग गर्ने भनिएको पार्टी एकताको बारेमा निर्णय हुनेछ ।
पदाधिकारी बैठकपछि आजै दिउँसो २ बजेपछि केन्द्रीय कार्यकारिणी समितिको बैठकसमेत बोलाईएको छ ।
नेकपा माओवादी केन्द्रसँग एकता गर्ने अन्तिम तयारी भैरहेको बेला नेसपाको ६ र ७ गते रोयल जडिबुटी बैंक्वटमा केन्द्रीय समिति बैठक पनि बस्दैछ ।
माओवादी केन्द्रसँग एकताका लागि डा। भट्टराई अझै तयार नभएपछि पदाधिकारी र कार्यकारिणी समिती बैठकले एकताकै एजेन्डा तय गर्ने बताइएको छ । सोमबार साँझ अध्यक्ष भट्टराई र अर्का अध्यक्ष महिनद्रराय यादवबीच छलफल भएको थियो । दुइृ नेताबीचको छलफलमा आज पदाधिकारी बैठक बोलाउने र माओवादीसँग पार्टी एकता गर्ने लगायतका समझदारी भएको नेताहरुले बताएका छन् ।