काठमाडौं,५ मंसिर । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रा लि को संयुक्त आयोजनामा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ सुरु भएको छ ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त प्रदर्शनी मेलाको सुभारम्भ गरेका हुन् । भृकुटीमण्डपमा सुरु भएको मेला आगामी ९ गतेसम्म जारी रहने आयोजकले जनाएको छ ।
उक्त पुस्तक प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, भारत, बंगलादेशलगायत विभिन्न देश र चीन, अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने बताइएको छ ।
पु्स्तक प्रर्दशनीमा एक सय ८० भन्दा बढी स्टलहरूमा देश तथा विदेशका विभिन्न उत्पादनहरू प्रदर्शनमा रहने छन् ।
कस्ता पुस्तकहरु पढ्ने, कस्ता पुस्तकप्रति पाठकहरुको रूची बढिरहेको छ, लेखक, सर्जकहरुको अनूभवहरु के–कस्ता छन् जस्ता विषयमा पनि उक्त प्रदर्शनीमा वहस हुनेछ ।
तस्विरहरु -मुकुन्द कालिकोटे -रिपोर्टर्स नेपाल डटकम