काठमाडौं,५ मंसिर । गण्डकी प्रदेशको पोखरामा बिहीबारबाट सुरु हुन लागेको केपी ओली कप टी-२० प्रतियोगीताका लागि मधेश प्रदेशले टिम घोषणा गरेको छ ।
मंगलबार हरिशंकर साहको कप्तानीमा १४ सदस्य टिम मधेशले घोषणा गरेको हो । मधेशले घोषणा गरेको टिममा हरिशंकरसहित यसअघि राष्ट्रिय टिममा परिसकेका पवन सर्राफ र अनिलकुमार साललाई पनि समेटिएको छ ।
केपी ओली कप प्रतियोगीता पोखरामा बिहीबारबाट मंसिर १५ गतेसम्म् आयोजना हुँदैछ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा हुने उक्त प्रतियोगीता एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको २ टिमसहित ७ प्रदेश र ३ विभागीय टोलीगरेर १२ वटा टिमले सहभागीता जनाउने छन् । विजेता टिमले ट्रफीसहित ५ लाख पुरस्कार पाउनेछन् ।
मधेसको टिम
हरिशंकर साह (कप्तान), इमरान सेख, मयन यादव, अनिलकुमार साह (विकेटकिपर), पवन सर्राफ, राकेश कामत, विशाल सुस्लिङ, रोहन विक, विशाल पटेल, पर्तिभ यादव, रुपेश सिंह, संसाद अन्सारी, प्रदीप पासवान र हिमांशु दत्त ।