Logo

नेपाल एसबिआई मर्चेन्टको आठौँ वार्षिक साधारणसभा सम्पन्न, स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त



काठमाडौं, ५ मंसिर । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि. का शेयरधनीको आठौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बैंकको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न उक्त सभाले कम्पनीको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

साथै, उक्त कम्पनीको मिति २०८०/०८/०५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा नन्दन हरि शर्मालाई ४ (चार) वर्षका लागि नियुक्त गरेको छ । उक्त साधारणसभाले आ.व. २०८०/८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot