काठमाडौं,५ मंसिर । दिपायल उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाको सरुवा भएको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले निरौलालाई दिपायलबाट उच्च अदालत पाटनमा सरुवा गरेको हो ।
उनी प्रधानन्यायाधीशको रोलक्रममा रहनेगरी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुने चर्चा चलेको थियो । तर, मंगलबार परिषद्ले सर्वोच्चमा ६ जनाको नाम सिफारिस गर्दाउ नी भने छुटेका छन् ।
निरौला नेपालको सर्वोच्च अदालतका पूर्वमुख्य रजिस्ट्रार पनि हुन्। उनी २०७५ माघ १५ देखि २०७७ माघ १४ सम्म सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार थिए।