Logo

सुनिल शर्माको दाबी- राज्यसत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको छ



काठमाडौं,५ मंसिर । नेपाली कांग्रेसका नेता तथा सांसद डा.सुनिल शर्माले राज्यसत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् ।

मंगलबार विदेश भ्रमण गरी स्वदेश फर्किएका सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले केही सम्रान्त परिवार र पार्टीका केही व्यक्तिले मात्रै राज्य संयन्त्रको दोहन गरिरहेको बताएका हुन् । उनले दूरदराजमा भएका भुइँ मान्छे र गरिबका आवाज उठाउन नदिएको बताए ।

सांसद शर्माले चाडपर्वका बेला चिनी अभाव गराएर रातारात कालोबजारीमा परिणत गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परिवारका सदस्यहरूले गरेको आरोप लगाए । सांसद शर्माले देशमा लोकतन्त्रको विकल्प नभएको तर नियन्त्रित डेमोक्रेसीका रूपमा नेपालमा प्रणालीलाई विकसित गरिएको बताए ।

उनले भने, ‘अहिले राज्य सत्तामा आधुनिक लुटेराहरु छन् । अहिले आधुनकि राजनीतिक लुटेराहरुले यो मुलुक चलाइरहेको देखिन्छ । केही सम्रान्त मानिसहरु र हरेक पार्टीका केही व्यक्तिहरुले जसले राज्य संयन्त्रको दोहन गरेका छन्’ ।



प्रतिक्रिया दिनुहोस्