Logo

ब्राजिल र अर्जेन्टिनाका समर्थकबीच कुटाकुट



काठमाडौं, मंसिर ६ । अर्जेन्टिना र ब्राजिलका समर्थकबीच मैदानमा नै झडप भएको छ । २०२६ का लागि फिफा विश्वकप छनोट खेल सुरु हुनु अघि रियो दि जेनेरियोस्थित माराकाना रङ्गशालामा दुई देशका समर्थकबीच मैदानमै कुटाककुट भएको हो ।

जसका कारण खेल केही समय अवरुद्ध भएको छ । बिहान सवा ६ बजे खेल सुरु हुनुपर्ने भए पनि झडपका कारण खेल आधा घण्टा अवरुद्ध भएको हो ।

दुवै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिए लगत्तै फ्यानहरूबीच कुटाकुट हुँदा रंगशाला केही बेर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले लाठी चार्ज गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot