Logo

दुर्गा प्रसाईंका महिला समर्थकलाई रातको समयमा लखेटेको भिडियो भाइरल



काठमाडौं, मंसिर ७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानले मंसिर ७ गते काठमाडौंमा आयोजना गर्ने प्रर्दशनमा सहभागी हुन उपत्यका बाहिरबाट आएका महिलाहरुलाई मध्यराति होटलबाट लखेटेको भिडियो समाजिक सञ्जालमा भाईरल भइरहेको छ । सुत्ने तयारीमा रहेका महिलालाई प्रसाईंको भेलामा सहभागी हुन आएको भन्दै लेखेटिएको भिडियोमा देख्न सकिन्छ ।

‘तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, हेलो दिदीहरु ?’ भन्दै भिडियो बनाउँने युवाले सोधेपछि जवाफमा महिलाले, ‘हामी जान्छौं हो जान्छौं । लुगालगाउन दिनुन’ भनेको भिडियोमा सुन्न सकिन्छ । महिलाहरुले आफू सुत्ने क्रममा रहेको भन्दै लुगा लगाउन अनुनय गरेको भिडियोमा देखिन्छ। त्यसैगरी उनीहरु एकरात मात्रै बस्न दिन आग्रह गरिरहेका छन्।

महिलाहरुले इटहरीबाट आएको बताएको भिडियोमा सुन्न सकिन्छ । मध्यरातमा होटलमा सुत्ने तयारीमा रहेका प्रसाईं समर्थकलाई लखेटेपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ । यो भिडियो कहाँको हो भन्ने खुलेको छैन । कसैले कोटेश्वरको एक पार्टी प्यालेसको हो भनेका छन् भने कसैले चाबहिल वा भक्तपुरको हुन सक्ने बताएका छन् । दुर्गा प्रसाईंका समर्थकहरुले महिलाहरुलाई रातिको समयमा लखेट्ने काम युवा संघले गरेको भन्दै आलोचना गरिरहेका छन् । तर युवा संघले भने त्यसको खण्डन गरेको छ ।

युवा संघले आफ्ना कार्यकर्ताले उक्त कार्य नगरेको दाबी गर्दै सार्वजनिक भिडियोबारे अनुसन्धान भइरहेको जनाएको छ । युवा संघले भिडियो सार्वजनिक बारे प्रहरीको समेत सहयोग मागेको जनाएको छ । प्रसाईं नेतृत्वको अभियान र युवा संघ दुवैले ७ गते राजधानीमा प्रदर्शनको आयोजना गरेका छन् । युवा संघले तीनकुने र प्रसाईंले बल्खुमा कार्यक्रम गर्दै छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot