Logo

नेसपा केन्द्रीय समितिको चौथो पूर्ण बैठक सुरू



काठमाडौं, ६ मंसिर । नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठक सुरु भएको छ । माओवादी केन्द्रसँग एकताबारे महत्वपूर्ण निर्णय लिनको लागि केन्द्रीय समितिको बैठक बसेको हो ।

हालैमात्र नेसपाले माओवादीसँग एकता गर्नको लागि अध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको एकता समायोजन समिति गठन गरेको छ । जसमा अर्का अध्यक्ष महिन्द्र राय यादव र महासचिव रमेश यादव पनि समेटिएका छन् ।

नेसपाले माओवादीसँग एकताको लागि नेकपा (समाजवादी) नाम स्विकार गर्ने भएको छ । यसअघि अध्यक्ष भट्टराईले नेकपा आफूहरुले अस्विकार गर्ने बताउँदै आएका थिए । तर, पार्टीभित्र अर्का अध्यक्ष यादव पक्ष हाबी भएपछि बाबुराम एकताको लागि नेकपा मान्न बाध्य भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्