Logo

जनविद्रोह दबाउन सरकार एमालेसँग मिलेको दुर्गा प्रसाईंको आरोप



काठमाडौं, ६ मंसिर । राष्ट्र, राष्ट्रियता,धर्म,संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्ग़ा प्रसाईले जनविद्रोहलाई दवाउन राज्य शक्ति लागिपरेको आरोप लगाएका छन् ।

गणतन्त्र उल्ट्याउने घोषणासहित भोलि काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने तयारी गरेका प्रसाईले कार्यक्रमको पूर्व सन्ध्यामा एक विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् ।

‘सरकारले हामी नागरिकहरुको आवाजलाई बन्द गराउनका लागी गरेका अमानविय कुकृत्यहरु र एमाले र उसको भातृ संगठनले गरेका हिंसात्मक गतिविधि र देखाएका व्यवहार प्रति समेत सरकार मौन भएर बस्नु ले सरकार र एमाले पार्टीको मिलेमतोमा भोलीको जनबिद्रोह लाई दवाउन जस्तोसुकै पनि अमानविय कार्य गर्न सकने देखियो ’ उनले भनेका छन् ‘हाल भैरहेका आक्रमण र अमानविय कार्यका साथै भोली देखि हुने हरेक घटनाहरुको प्रत्यक्ष अनुगमन र निगरानी गरी विश्व जगतलाई सत्यतथ्य जानकारी गराई दिनुहुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार आयोग, नेपाल स्थित बैदेशिक कुटनैतिक नियोग, मानव अधिकारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार माध्यम, स्वतन्त्र पत्रकारहरु र नागरिक समाजमा हार्दिक अपील गर्दछौं’ ।

प्रसाईसहित भोलि नै नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघले पनि काठमाडौंमा प्रदर्शन गर्दैछ । एमाले र प्रसाईं पछिल्लो समय आमनेसामने हुँदै आएका छन् । कुनैबेला एमालेको केन्द्रीय सदस्य रहेका उनै प्रसाईं अहिले एमाले र सिंगो गणतान्त्रिक व्यवस्थाका लागि टाउको दुखाई बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot