Logo

दुर्गा प्रसाईंको उद्घोष- जहाँ मैले पाइला टेक्छु त्यहाँ एमाले सकिन्छ’



काठमाडौं,६ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेलाई सक्काईदिने चेतावनी दिएका छन् ।

बिहीबार काठमाडौंमा गर्न लागेको विशाल जनप्रदर्शनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईले यस्तो दाबी गरेका हुन् । उनले कोशी र मधेशमा जस्तै एमाले अब काठमाडौंमा समेत सकिने दाबी गरे ।

‘केपी ओली र महेश बस्नेतको राज्य हो यो ? विर्तामोडमा, मेची अञ्चल मात्रै होइन २ नम्बर प्रदेशमा एमाले सकियो । ललितपुर, काठमाडौं, भक्तपुर जहाँ दुर्गा प्रसाईंले पाइला टेकेको छ त्यहाँ एमाले सकिँदैछ’ उनले भने ।

सिकारीले पनि सुतेको बेला गोली नचलाउने भन्दै उनले आफ्नो सर्वस्व लुटिएको दुःख सुनाउन आएकालाई महेश बस्नेतका युवाले हातपात गरेको आरोप उनले लगाए ।

‘सिकारीले सिकार गर्दा पनि निदाउँदा गर्दैन । बिउँझाएर मात्रै गर्छ । तर गए राति ११ बजेर ५९ मिनेटमा चेलीहरूलाई जबरजस्ती गर्न खोजियो । हाम्रो घर लुटियो भनेर न्याय माग्न आउँदा मेरा हजुराबाको कमाण्डमा रहेका युवा संघका अपराधीले जुत्ता बझारे, एक जनाको दाँत खुस्केको छ । यस्तो बेला प्रधानमन्त्री र गृहमन्त्री के हेरेर बस्नुभएको छ ?’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot