Logo

‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को कार्ययोजना पारित



काठमाडौं,६ मंसिर । आगामी मंसिर १४ गतेबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्न लागेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित भएको छ ।

बुधबार बसेको एमालेको छैठौं केन्द्रीय कमिटिको बैठकले उक्त कार्ययोजना पारित गरेको हो । पदयात्राको अगुवाई र नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । त्यसमा केन्द्रीय पदाधिकारी सहितका नेता कार्यकर्ता सहभागी हुनेछन् ।‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्रा’ नाम दिइएको उक्त कार्यक्रमको अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोतोलन गरेर उद्घाटन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot