Logo

राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले तोक्यो नयाँ मतभार



काठमाडौं,६ मंसिर । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि मतदातको मतभार तोकेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै नयाँ निर्वाचनका लागि मतभार तोक्ने निर्णय गरेको प्रवक्ता सालिकराम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार नयाँ मतभार तोकेको हो ।
उक्त प्रतिवेदनअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको हो।

यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ थियो। यस्तै प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षको १८ थियो।

राष्ट्रिय सभाका एक तिहाई सांसदको पद यहि फागुन २० गते सकिँदैछ । कानूनतः पदावधि समाप्त हुनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने हुन्छ ।

आयोगले माघ १०, ११ वा १२ मध्ये एक दिन निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा अध्यक्षसहित २० जना सांसदको पदावधि फागुन २० मा सकिन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot