Logo

सञ्जिला कुमारी यादवले लिईन् प्रदेशसभा सदस्यको शपथ



काठमाडौं,६ मंसिर । मधेश प्रदेश सभाकी नवनिर्वाचित सांसद सञ्जिला कुमारी यादवले प्रदेशसभा सदस्यको पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् ।

बुधबार दिउँसो प्रदेश सभामा सभामुख रामचन्द्र मण्डलले यादवलाई शपथ गराएका छन् ।

तत्कालीन सांसद विन्दुकुमारी यादवको निधन भएपछि उनको स्थानमा सञ्जिला जसपाबाट सांसद बनेकी हुन् ।

यादव जसपाको भ्रातृ संगठन महिला संघ मधेश प्रदेशकी अध्यक्षसमेत हुन् । सिरहाकी यादव मधेश आन्दोलनदेखि मधेशको राजनीतिमा लागेकी हुन् । उनले मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot