काठमाडौं, ६ मंसिर । सामाजिक सञ्जालमा नाबालिकाको तस्बिर दुरुपयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर १० स्थायी वतन भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–३, ईमाडोल बस्ने १८ वर्षीय अनिष भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सामाजिक सञ्जालमा नाबालिकाको तस्विरको दुरुपयोग गरी पीडित नाबालिकाको आफन्त तथा साथीहरूलाई उक्त तस्विर पठाई अश्लिल कमेन्टसहित लेखी चरित्रहत्या गरेको भनि निवेदन परेको थियो । सोही निवेदनको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त कार्यमा भट्टराई संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धानका लागि छ दिनको म्याद दिएको छ ।