Logo

केपी ओली कपका लागि गण्डकी प्रदेशको टिम घोषणा



काठमाडौं । भोलिदेखि पोखरामा आयोजना हुने केपी ओली कप टी- २० प्रतियोगीताका लागि गण्डकी प्रदेशले आफ्नो टिम घोषणा गरेको छ । विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । 

बिहीबारदेखि १५ मंसिरसम्म मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा संस्थाका संरक्षक तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नामबाट केपी ओली कप आयोजना हुँदैछ ।

प्रतियोगितामा १२ टिमले सहभागीता जनाउनेछन् । समूहको शीर्ष टोली सेमिफाइनल पुग्नेछ । १२ टिम सहभागी प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पुरस्कार पाउनेछन् ।

गण्डकीले घोषणा गरेको टोलीमा विपिन खत्री (कप्तान ) रोबिन तिमल्सिना, गौरव विक, किरण पौडेल, मुस्कान थापा, समिर कडेल (विकेटकिपर), करण पंगेनी, अभिषेक थापा, सन्दीप क्षेत्री खत्री, अमृत गुरुङ, दिनेश बुढा मगर, कमल परियार, सुदिप अर्याल र चन्द्रकान्त पौडेल समेटिएका छन् ।

यसअघि सोमबार बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने तथा हरिशंकर साहको कप्तानीमा मधेश प्रदेशले आफ्नो टिम घोषणा गरेका थिए । केपी ओली कपको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot