Logo

आजबाट जनविद्रोह सुरु भयो, आवश्यक परे प्रधानमन्त्री कार्यालय सिंहदरबार पनि छिर्छौं : दुर्गा प्रसाई



काठमाडौं, ७ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आजको राजधानी केन्द्रित प्रदर्शन एमाले वा युवा संघसँगको लडाइँ नभएको बताएका छन् ।
‘प्रमुख प्रतिपक्ष भएको भए नेकपा एमालेले दुर्गा प्रसाईको मागमा साथ दिनुपर्ने होइन ? मसाल जुलुसमा दुर्गा प्रसाईको नारा लगाएको छ । मेरो घर अगाडि आएर नारा लगाएको छ । के खोजेको एमालेले ? आजदेखि हामी विद्रोहको बिरुवा रोप्छौं । म प्रचण्ड, केपी ओली जस्तो भागेर नोयडा जाने मान्छे होइन । म दुर्गामाताको भक्त हुँ । म मेरी आमाबाट बिदा मागेर आएको छ । म जे पनि भोग्न तयार छु,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
आफ्नो अभियानको कार्यक्रम एकदमै शान्तिपूर्ण हुने पनि प्रसाईले बताए । उनले थपे, ‘२०७९ फागुन १ गते हामीले पूर्वराजा ज्ञानेन्द्रबाट पानसमा दियो बालेर परेवा उडाएर थालनी गरेको अभियान सुरु गरेका हौं । आजबाट हामी जनविद्रोहमा आयौं । लाखौं मान्छे सडकमा आउँदै छन् । यस्तो अभियान कसरी हिंसात्मक हुन सक्छ ?’
संयोजक प्रसाईले आफ्नो आन्दोलन बिथोल्न खोजे महँगो पर्ने पनि दाबी गरे । उनले भने, ‘हामीलाई चलाउने, अप्ठ्यारो पार्ने र भिजिलान्तेको आक्रमण भयो भने आज प्रधानमन्त्री कार्यालय सिंहदरबार छिर्न सक्छौं । नेताको घरघरमा जान सक्छौं । काठमाडौंमा आउने सबै नाका बन्द हुन्छ । गाडी, बस ठप्प पाछौं । राष्ट्र बैंक, सारा बैंक घेराउ गर्छौं । जनता भटाभट मार्न थालियो भने हातमा दही जमाएर बस्ने त ?’
आज आफ्नो कार्यक्रममा पाँच लाख जनता जम्मा हुने पनि प्रसाईले बताए । उनले भने, ‘पेट्रोल पम्पमा तेल छैन । हजार ठाउँमा चेकिङ छ । तैपनि पाँच लाख मानिस पैदल आउँदै छन् । मेरो चार आना पनि खर्च भएको छैन । सबै स्वतः स्फूत आएका हुन् ।म दिन तोक्दिन । आज सुरु गर्ने हो । आन्दोलन कति दिन चल्छ, म भन्न सक्दिन । भोलि पाँच लाख जनसमुदाय आयो भने तीनकुनेले थाम्छ ? सबै आन्दोलित छन् । घर घर दुर्गे भनिरहेका छन् ।’
नेकपा एमाले जाली पार्टी भएको पनि उनले बताए । प्रसाईले भने, ‘एमाले जाली पार्टी हो । आफै धामी आफै झाँक्री दुर्गा प्रसाईको नाटक हो कसले भन्न सक्छ ? अस्ति मलाई कालोमोसो दल्ने पनि खोटाङको राई, भाइ हो । हिजो गएर महिलालाई लखेट्ने बलात्कार गर्न खोज्ने पनि त्यही हो । म गरेको कुरालाई हो भन्छु, यी पाखण्डी, लाचारका कुरा नगर्नु । सरकारले तिनलाक्षर्् कानुनी कारबाही गरेनन् भने जनताले आफैं कारबाही गर्छन् । यो राक्षसीपन हो । मलाई पार्टी खोल्नु आवश्यक छैन । मैले खोलें भने उनीहरुको भन्दा राम्रो हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot