Logo

कार्यकर्तालाई लखेटेपछि प्रसाईलाई महेश बस्नेतको चेतावनी– हामी बल्खु आउन नपरोस्



काठमाडौं,७ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी दिएका छन् ।

बल्खुबाट आउँदै गरेका आफ्ना ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताले अवरोध गरेको भन्दै उक्त चेतावनी दिएका हुन् ।

“हाम्रो लक्ष्य झडप गर्ने होइन । बल्खुमा ५०० युवा आउँदै गर्दा अवरोध भएको कुरा छ । प्रहरी प्रशासनलाई आग्रह गर्छु,” बस्नेतले भने, “अन्यथा, यहाँ भएका युवाहरू बल्खु जान नपरोस् ।”

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मलनिवास बस्न मन छ कि छैन ? छैन भने दुर्गा प्रसाईंको पछि लाग्न सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्