Logo

ओलीले ब्याटिङ गरेपछि सुरु भयो पोखरामा केपी ओली टी–२० कप



काठमाडौं,७ मंसिर । पोखरामा आजबाट केपी ओली कप टी-२० क्रिकेट प्रतियोगीता सुरु भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ब्याटिङ गर्दै पोखरामा बिहीबारदेखि सुरु भएको केपी ओली टी–२० कप क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका हुन् । अध्यक्ष ओलीले ब्याटिङ गर्दा उपाध्यक्ष बिष्णु पौडेलले बलिङ गरेका थिए। त्यसपछि ओलीले पनि बलिङ गरे । उनको बलिङमा उपाध्यक्ष पौडेलले ब्याटिङ गरेका थिए । 

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा सुरु प्रतियोगिताको उद्घाटन गर्न एमाले अध्यक्ष ओली पोखरा पुगेका हुन्।पोखरा रंगशाला भित्र रहेको क्रिकेट मैदानमा सुरु प्रतियोगितामा तिन विभागसहित ७ प्रदेश र आयोजकको दुई टोली गरि १२ टोली सहभागी छन्।

सहभागी टोलीलाई चार समुहमा विभाजन गरिएको छ।हरेक समुहको शीर्ष स्थानमा रहेका टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।



प्रतिक्रिया दिनुहोस्