Logo

गौतमको अर्धशतकमा बागमतीले दियो मदन भण्डारी रातोलाई १८५ रनको विशाल लक्ष्य



काठमाडौं, ७ मंसिर । मदन भण्डारी स्पोर्ट्स एकेडेमि द्वारा आयोजित केपी ओली कप टी-२० प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमिको टिम रातोलाई १८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा टस हारेर सुरुवातमा ब्याटिङ गरेको बागमतीले रीत गौतमको अर्धशतकमा मदन भण्डारीलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पहिले ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन जोड्यो । उसका लागि ओपनर रीत गौतमले आक्रामक ब्याटिङ गरे । ५३ बलको सामना गरेका गौतमले ८ चौका र ३ छक्का हिर्काउँदै ७४ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै कप्तान सन्दीप लामिछानेले तीन बलमा लगातार छक्का प्रहार गदैृ १८ रन जोडेको खेलमा शुभ कंसाकारले २७ रन थपे । त्यस्तै गौरव खड्काले १७ रन जोड्दा प्रतिक श्रेष्ठले १४ रन थपे । बलिङतर्फ मदन भण्डारी रातोका विप्रसन केसीले तीन विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्