Logo

बल्खुमा प्रसाईं समूह र प्रहरीबीच फेरि धकेलाधकेल



काठमाडौं,७ मंसिर । गणतन्त्र उल्ट्याउने उद्घोषसहित मैदानमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृतवको टोली र प्रहरीबीच फेरि झडप भएको छ ।

बल्खुमा प्रदर्शनरत प्रसाईंका कार्यकता र प्रहरीबीचको यो झडप तेस्रोपटक हो । यसअघि बिहान नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघसँग भिडेका प्रसाईका कार्यकर्ता त्यसपछि प्रहरीसँग भिडेका थिए । त्यसक्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहरासमेत फ्याँकेको थियो ।

अहिले पुनः प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । आन्दोलनकारीले बल्खु छाडेर सानेपा जान खोजेपछि झडप भएको हो । सो क्रममा केही प्रदर्शनकारी घाइते भएको बताइएको छ । प्रहरी घेरा तोडेर प्रदर्शनकारीहरु कालीमाटीतर्फ लम्किन थालेपछि झडपको अवस्था बनेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्