Logo

शान्तिपूर्ण ढंगबाट युवा संघको प्रदर्शन सकियो



काठमाडौं,७ मंसिर । बढ्दो महंगी, भ्रष्टाचार र बेथितीका विरुद्धमा सडकमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको प्रदर्शन सकिएको छ ।

बिहीबार काठमाडौको तीनकुनेमा शान्तिपूर्ण तवरले प्रदर्शन सकिएको हो । प्रदर्शनलाई एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलगायतले सम्बोधन गरेका थिए ।

आजै उता बल्खुमा पनि राजा फर्काउने उद्घोषसहित मैदानमा उत्रिएका मेडिकल व्यपसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको भने प्रदर्शन जारी छ । पटक-पटक गरेर ४ पटकसम्म झडप भएको उक्त प्रदर्शन हाल बल्खुबाट सरेर सानेपा पुगेको छ ।

प्रसाईं नेतृत्वको आन्दोलन भने भोलि पनि जारी रहनेछ । उनले गणतन्त्रलाई उल्ट्याउँदै राजतन्त्र पुनःस्थापना गर्नुपर्ने, नेपाललाई सनातन हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । आन्दोलनको क्रममा भएको झडपमा परेर प्रसाई समूहका ५ ६ जना र प्रहरीतर्फ १० १२ जना घाइते भएको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्