Logo

प्रसाईं कार्यक्रमबाट बाहिरिएपछि प्रहरी र कार्यकर्ताबीच फेरि झडप



काठमाडौं,७ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको आह्वानमा भएको आन्दोलनमा तेस्रोपटक झडप भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाईमा बिहीबार काठमाडौको बल्खुमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडप भएको थियो ।

बल्खुमा भईरहेको प्रदर्शनलाई प्रसाईंले संक्षिप्त सम्बोधन गरेका थिए । उनले सम्बोधन गरेपछि राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले पनि छोटो मन्तव्य राखेका थिए ।

आफ्नो सम्बोधन पछि प्रसाई कार्यकतालाई नभनी प्रदर्शनस्थलबाट बाहिरिएका थिए । उनी बाहिरिएसँगै कार्यकर्ताले सुरक्षाघेरा तोडेर सानेपातर्फ जान खाजेपछि प्रहरीसँग झडप भएको हो । झडपमा रामकुमार ओझालगायत घाइते भएका छन् । उनी बुधबारमात्र जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर प्रसाईको अभियानमा सामेल भएका थिए ।

प्रसाईं नेतृत्वको आन्दोलन भोलि पनि जारी रहनेछ । उनले गणतन्त्रलाई उल्ट्याउँदै राजतन्त्र पुनःस्थापना गर्नुपर्ने, नेपाललाई सनातन हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot