Logo

दुर्गा प्रसाईंको आन्दोलनलाई रवीन्द्र मिश्रको समर्थन



काठमाडौं,७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आजबाट सुरु गरेको गणतन्त्र फाल्ने आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले समर्थन जनाएका छन् ।

प्रसाईंले व्यवस्था परिवर्तनको लागि आज काठमाडौंमा हजारौं मानिस उतारेपछि नेता मिश्रले समर्थन गर्दै आन्दोलन जारी राख्न भनेका हुन् ।

‘विचारभन्दा माथि देश लाई राखेर आज निश्वार्थरूपमा सडकमा उत्रिने सबैलाई नमन’उनले भनेका छन् ‘यो जारी रहोस् पर्सी, राजाकै उपस्थितिमा बिर्तामोड, झापामा हुने कार्यक्रम पनि त्यत्तिकै सफल होस्।’

उनले कुनै अनिष्ट हुनु पहिले नै शान्तिपूर्ण संक्रमण मार्फत देश २०४७ सालको संविधानमा टेकेर नवीन समझदारी मा जाओस्। भन्ने अपेक्षापनि राखेका छन् ।

उपाध्यक्ष मिश्र प्रसाईंको पक्षमा खुलेपनि पार्टीभित्र दुई धार छ । संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले यसअघि नै प्रसाईंको आन्दोलनको पक्षमा पार्टीले सहयोग गर्नुपर्ने बताएका थिए ।

आज राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही प्रसाईंसँग बल्खु पुगेका थिए । नेताहरु एकपछि अर्को गर्दै प्रसाईंको आन्दोलनलाई समर्थन जनाउँदै गर्दा झापामा कार्यक्रमको तयारीमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देन बोलेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot