Logo

‘यो जुनीमा केपी ओली प्रधानमन्त्री हुँदैनन्,अब एमाले पार्टी सकियो’



काठमाडौं,७ मंसिर । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले नेकपा एमाले राजनीतिबाट बिलीन हुने दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको आन्दोलनपछि भक्तपुरस्थित निवासमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रसाईले यो जूनीमा एमाले अध्यक्ष केपी ओली अब प्रधानमन्त्री नहुने र एमाले नामको पार्टी निमिट्यान्न हुने उद्घोष गरेका हुन् ।

‘यो जुनीमा केपी ओली प्रधानमन्त्री नै हुँदैनन् । केपी ओलीको पार्टी नै सकियो आजदेखि, धेरै फुरफुर गर्दादेखि । मैले भने नि, टाइटानिक गलत ठाउँमा आएर ठोक्कियो, अब डुब्ने क्रम सुरु भयो । लेखेर राख्नुहोस्,’ उनले भने ।

उनले आफू मुक्तिको आन्दोलमा लागेको समेत जिकिर गरे । उनले आफूलाई कुनै प्रकारको लोभ नभएकाले आफू अब नरोकिने बताए ।



प्रतिक्रिया दिनुहोस्