Logo

चलचित्र निर्माता र चलचित्र संघबीच शेयर बाँडफाँटमा सहमति



काठमाडौं,७ मंसिर । नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घबिच रहेको शेयर बाँडफाँडको विवाद टुङ्गिएको छ ।

नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घले गठन गरेको वार्ता टोलीको बिहीबार बसेको बैठकले दुवै संस्थाले ५०, ५० प्रतिशत शेयर बाँडफाँड गर्ने सहमतिमा विवादलाई निकास दिएका हुन् ।

कार्तिक २४ गतेदेखि हलमा प्रदर्शनरत चलचित्र दिमाग खराबको टिमले हिन्दी फिल्मले पाए जस्तै ५० प्रतिशत शेयर पाउनुपर्ने भन्दै विद्रोह गरेपछि दुवै संघबीच वार्ता भएको थियो ।

बिहीबार वार्तामा सहमति जुटेको हो । अब शेयर ५०/५० प्रतिशत बाँडफाँट हुने भएको छ । यो सहमतिपछि निर्माताहरूले प्रत्यक्ष रुपमा फाइदा पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्