Logo

कसैको ऋण मिनाहा गर्न राजा ल्याउनु पर्दैन : माओवादी नेता



काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लघुवित्तबाट लिएको २० लाखसम्म ऋण मिनाहा गरिदिन्छु भन्नु मेडिकल व्यवसायी दुर्गा प्रसाईको केटाकेटी कुरा भएको बताएका छन् । जनताले लघुवित्तमा राखेको पैसा ऋण लिने, खाने अनि साँवाब्याज चुक्ता नगर्ने कुरा असम्भव भएको उनको टिप्पणी छ ।
लघुवित्तको ऋण मिनाहाका लागि राजा ल्याउनुपर्ने वा व्यवस्था नै बदल्नुपर्ने आवश्यकता नभएको शाहीको जिकिर छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने, ‘लोकतान्त्रिक व्यवस्थामा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता हुन्छ । यो कुनै ठूलो कुरा होइन । राजा फर्काउने कुरा असम्भव र समय खेर फाल्ने कुरा हो । ऊर्जाशील श्रमशक्तिलाई दुरुपयोग गर्ने कुरा हो । मनोगत ढंगले राजतन्त्रको नारा उठाएपछि चर्चामा आउन सक्छु कि भन्ने कसैको सोच होला । तर आर्यघाटबाट लास फर्काउने कुराको कुनै अर्थ छैन ।’
कुनै नेताले विदेशी बैंकमा पैसा राखेको छ भने त्यसलाई कानुनी दायरामा ल्याउन सकिने पनि उनले औंल्याए । विगतका कमीकमजोरी सच्चाएर व्यवस्थाप्रति विश्वास बढाउनुपर्ने पनि शाहीले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot