Logo

रीत र ईसानको अर्धशतकमा बागमतीले दियो कर्णालीलाई १९० रनको विशाल लक्ष्य



काठमाडौं,८ मंसिर । प्रथम केपी अ‍ोली कप टी-२० क्रिकेटको दोस्रो खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १९० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८९ रन जोड्यो । उसका लागि ओपनर रीत गौतम र ईसान पाण्डेले अर्धशतकीय पारी खेले । गौतमले ५९ बलमा १० चौका र २ छक्का हिर्काउँदा ८२ रन जोडे भने पाण्डेले केवल ३८ बलमा ४ चौका र ६ छक्काको मद्दतमा ७० रन जोडे । रीत र ईसानको अलवा प्रतिश जिसीले नटआउट रहँदै १२ रन थपे ।

बलिङतर्फ कर्णालीका दीनेश अधिकारीले तीन विकेट लिए । उनले ४ ओभरमा ३३ रन खर्चिए ।

पवहिलो खेलमा आयोजकको रातो टिमलाई हराएको बागमती आजको खेलमा जित निकाल्दै सेमिफाइनला प्रवेश गर्ने दाउमा रहेको छ । बागमती स्टार स्पिनर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot