Logo

प्रहरीमाथि ढुंगामुढा गर्ने प्रसाईंका ५ जना समर्थक पक्राउ



काठमाडौं,८ मंसिर । राजा फर्काउने अभियानका लागेर मैदान उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबार भएको आन्दोलनमा प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोप ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको छ ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियानले हिजो बल्खुमा प्रदर्शन गरेको थियो , गणतन्त्र मासेर राजतन्त्र फर्काउने उद्घोषसहित मैदान उत्रिएका उनले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot