Logo

पोर्चुगलका लागि प्रस्तावित राजदूत नेपालविरुद्ध उजुरी आह्वान



काठमाडौं,८ मंसिर । पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध उजुरी आह्वान भएको छ ।

आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले १० दिनको समय दिएर उनीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले पोर्चुगलमा दूतावास स्थापना गर्ने र नेपाललाई राजदूतमा पठाउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot