Logo

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध २ वटा उजुरी



काठमाडौं,८ मंसिर । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध २ वटा उजुरी परेको छ ।

आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा पौड्यालविरुद्ध परेको उजुरीको बारेमा जानकारी दिईएको थियो । उजुरी आह्वानको समयावधि सकिएसँगै समितिले उजुरीको बारेमा सदस्यहरुलाई जानकारी गराएको हो ।

समितिले उक्त उजुरीको सम्बन्धमा थप अध्ययन गरेर उजुरीकर्तालाई छलफलमा बोलाउने तयारी गरेको छ । गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले पोर्चुगलमा दूतावास स्थापना गर्ने र नेपाललाई राजदूतमा पठाउने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालयका सचिव रहेका पौड्याललाई ४ कार्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीसरहको मर्यादा दिएर राजदूतमा पठाउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot