Logo

धरपकड र दमनले समस्या समाधान हुँदैन, सरकारले आफूलाई सच्याओस्- राप्रपा



काठमाडौं,८ मंसिर । राप्रपाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भईरहेको राजा फर्काउने अभियानमा सरकारले धरपकड गरेको भन्दै आपत्ति जनाएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमार्फत धरपकडले समस्याको समाधान नहुने भन्दै सच्चिन आग्रह गरेका छन् ।

‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भईरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन’। उनले भनेका छन् । ‘धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कदैन। सरकारले आफुलाई तत्काल सच्याओस’ १ ।

प्रसाईंको समूहले हिजो बल्खुमा आन्दोलन गरेकोमा आज तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेको थियो । तर, प्रहरीले भक्तपुरस्थित निवासमै नजरबन्दमा राखेर बाहिर निस्कन नदिएपछि उनको आन्दोलन यसै तुहिएको छ । उनले आज घरमै आकस्मिकरुपमा पत्रकार सम्मेलनसमेत गरेका छन् ।

प्रसाईंको आन्दोलनलाई खुलेर समार्थन नगरेको राप्रपाले आफ्ना कार्यकर्तालाई भने प्रदर्शनमा जान रोक लगाएको छैन । प्रसाई समूहको आन्दोलनमा राप्रपाका उल्लेख्य कार्यकर्ता सहभागी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot