Logo

सानोठिमी–सल्लाघारी सडकमा अवरोध, प्रसाईंलाई रिहाइ गर्न समर्थकको माग



काठमाडौं,८ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्दबाट रिहाई गर्न माग गर्दै उनका समर्थकद्धारा सानोठिमी–सल्लाघारी सडक अवरोध गरेका छन् ।

शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेको प्रसाईंको समूहलाई प्रशासनले अनुमति दिएको छैन । उता प्रसाईंलाई पनि भक्तपुरस्थित ठिमीको निवासबाट बाहिर निस्कना दिईएको छैन् । प्रहरीले घरमै सररक्षा दिएर राखेपछि प्रसाईंले आफू नजरबन्दमा परेको दाबी गरेका छन् । उनले आजै निवासमा पत्रकार सम्मेलनको आयोजनासमेत गरेका थिए ।

प्रसाई निवासमै थुनिएपछि शुक्रवार उनका समर्थकहरुले प्रसाईंको रिहाइको माग गर्दै भक्तपुरको सानोठिमी सल्लाघारीको मुख्य सडक अवरोध गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्