Logo

केपी ओली कप- एपीएफले दियो गण्डकीलाई १०२ रनको सामान्य लक्ष्य



काठमाडौं,८ मंसिर । विभागीय टिम एपीएफले प्रथम केपी अ‍ोली टी- २० कपको समुह बी को पहिलो खेलमा गण्डकी प्रदेशलाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले १८।४ ओभरमा अलआउट हुँदै १०१ रनमात्र जोड्न सक्यो । उसका लागि कप्तान प्रदीप ऐरीले सर्वाधिक २० रन जोड्दा नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटस्म्यानसमेत रहेका आसिफ शेखले १२ रन जोडे । त्यस्तै भुवन कार्की र सुमित महर्जनले समान १४ रन थपे ।

बलिङतर्फ गण्डकीका विपीन कार्की, अम्रित गुरुङ, चन्द्र पौडेल र कमल परियारले समान २ तथा सुदीप अर्याल र दिनेश बुढामगरले समान १ विकेट लिए ।

बिहीबारबाट सुरु भएको प्रतियोगीतामा १२ टिम सहभागी भएका छन् । चार समूहमा विभाजन गरेर खेलाईएको खेलमा प्रत्येक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot