Logo

प्रसाईंलाई नजरबन्दबाट थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर रिटमा के छ ? (पूर्णपाठसहित)



काठमाडौं,८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउन अभियानका अध्यक्ष दुर्गा प्रसाईंलाई नजरबन्दमा राखिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

शुक्रबार प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाइएको रिटमा प्रसाईंलाई नजरबन्दमुक्त गर्न माग गरिएको छ।

प्रसाईं नेतृत्वको अभियानले आज काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने गरेको थियो । तर, सरकारले उनलाई घरमै प्रहरीद्धारा नजरबन्दमा राखेपछि उनले वारेसनामा मार्फत सर्वोच्चमा रिट हालेको रिट निवेदक डा.सुरेन्द्र भण्डारीले रिपोर्टर्स नेपाललाई जानकारी दिए ।

सरकारका कामकारबाही चित्त नबुझे शान्तिपूर्णरूपमा विरोध गर्न पाउने नागरिकको मौलिक हकलाई सम्मान गर्नुको सट्टा निवेदकलाई गैरकानूनी रूपमा निगरानीमा राख्ने,थुनामा राख्ने र विभिन्न झुट्ठा मुद्दा लगाई फसाउने सम्मको सम्भावना भएकोले आतंकित र त्रसित सिर्जना भएको भण्डारीको रिटमा लेखिएको छ ।

यस्तो छ भण्डारीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्