Logo

दुर्गा प्रसाईंलाई भ्याईनभ्याई, आजै तेस्रोपटक पत्रकार सम्मेलन गर्दै



काठमाडौं,८ मंसिर । राष्ट्र, राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।

अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अहिले साढे ४ बजे आफ्नै निजी निवास भक्तपुरको ठिमीमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । यसअघि बिहान ११ बजेपनि प्रसाईंले आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

गणतन्त्र मासेर राजतन्त्र पुनर्वाहली गर्ने घोषणासहित बिहीबाबाट राजधानी केन्द्रीत आन्दोलन थालेका प्रसाईलाई शुक्रबार नेपाल प्रहरीले घरमै सुरक्षा दिएर राखेको थियो । आफूलाई प्रहरीले बाहिर निस्कन नदिएको भन्दै उनले आफू नजरबन्दमा परेको दाबी गरेका छन् ।

उनलाई नजरबन्दबाट मुक्त गर्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छ्न । उक्त रिट आइतबार सुनुवाई हुने रिट निवेदक सुरेन्द्र भण्डारीले रिपोर्टर्स नेपाललाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot