Logo

सरकारलाई सर्वोच्चले सोध्यो- बानेश्वरदेखि माईतीघरसम्म निषेधाज्ञा किन जारी गरेको ?



सरकारलाई सर्वोच्चले सोध्यो- बानेश्वरदेखि माईतीघरसम्म निषेधाज्ञा किन जारी गरेको ?
काठमाडौं,८ मंसिर । बानेश्वरदेखि माइतीघरसम्म निषेधाज्ञा जारी गर्ने सरकारको निर्णयरिुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले अधिवक्ताद्धय भद्रप्रसाद नेपाल र प्रेपराज सिलवालले दायर गरेको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

भट्टराईको एकल इजलासले उपयुक्त कारण भए १५ दिनभित्रमा पेश गर्नसमेत भनेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

सो घोषणाविरुद्ध अभिवक्ता नेपाल र सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए। उनिहरुले स्थानीय प्रशासनको निर्णय रोक्न भन्दै अन्तरिम आदेश हुनुपर्ने माग गरेका थिए। 

अधिवक्ता द्वयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। 



प्रतिक्रिया दिनुहोस्

Screenshot