Logo

अन्ततः बार्दलीमा बाबुराम !



काठमाडौं,८ मंसिर । ‘बा’, ‘बालकोट’ र ‘बार्दली’ नेपालको पछिल्लो एक दशकको राजनीतिमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको वरिपरी घुम्ने शब्द हुन् यी । हुन पनि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीलाई एमालेजनले मात्र होईन् उनलाई मन पराउने अन्य पार्टीका नेता कार्यकर्तालेसमेत बा सम्बोधन गर्ने गर्छन । आफ्ना कुनैपनि सन्तान नरहेकाअध्यक्ष ओलीले देशका सबै नेपालीहरु आफ्नो सन्तान भन्दै बा साइनोलाई सहर्ष स्वीकार्दै आएका छन् ।

बा जस्तै पछिल्लो समय निक्कै प्रयोगमा आएका अन्य दुई शब्द बार्दली र बालकोट पनि एमाले अध्यक्ष अ‍ोलीकै वरिपरी घुम्ने शब्द हुन् । बालकोट ओलीको निवास रहेको भक्तपुर हो भने बार्दली चाँही ओलीले नेताहरुसँग भेटवार्ता गर्दा प्रयोग हने स्थान हो । ओली गत वर्ष आफ्नो निवासमा पुगेका कार्यकर्ता तथा सुभेच्छुकलाई बार्दलीबाट अभिवादन गरेर चर्चामा आएका थिए । अनि ०७९को पुस १० गते हालका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बालकोटको बार्दलीमा उभ्याएर अभिवादन गराउन सफल भएका थिए ।

तत्कालीन नेकपा फुटेपछिको २ वर्ष लामो तिक्ततापूर्ण सम्बन्धलाई तोड्दै प्रचण्डलाई बालकोटको बार्दलीमा उभ्याउन सफल भएपछि बा, बार्दली र बालकोटको चर्चा झनै चुलिएको थियो । कुनैबेला प्रचण्ड र माधव नेपालकै कारण दुइतिहाई नजिकको सत्ताबाट असमयमै हात धोएर बालकोटको बार्दलीबाट उनीहरुलाई सत्तोसराप गरेका ओली र प्रचण्डले पुस १० मा त्यही बार्दलीमा कुम जोडेर उभिएर आँगनमा भेला भएका दर्शकलाई अभिवादन गरेका थिए।

यद्यपि पुस १० मा प्रचण्डलाई बार्दलीमा उभ्याएका ओली र प्रचण्डबीच हाल सुमधुर सम्बन्ध छैन । सधै चर्चामा आईरहने बार्दली शब्द पुनः एकपटक चर्चामा छ । कारण हो नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आज सार्वजनिक गरेको एउटा पोष्ट ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले जन्मस्थान गोरखामा पुगेर बार्दलीमा बसेको तस्विर सार्वजनिक गरेका छन् । जसमा लेखिएको छ।

बार्दलीमा बाबुराम

‘यो घर बनाउँदाको टुकटुक आवाज अहिले पनि म सम्झन्छु । हामी अटाली (बार्दली) मा सुत्थ्यौँ । म यहीँ सुत्थें । (तस्बिरमा हेर्नुहोस् )। मलाई यो असाध्यै मनथ्यो । त्यतिबेला बिजुली थिएन । बेलुकी ७र८ बजे हामी सुत्थ्यौ। यहाँबाट गोरखा दरबार देखिन्छ। उत्तरपट्टि मनास्लु र बुद्ध हिमाल (हिमालचुली) हेर्दै, आकाशतिर हेर्दै लामो समय टोलाउने, आकाश, तारा यी के हुन् ? गम्दैगम्दै जाने क्रममा मेरो आकर्षण बढ्यो र ८/९ वर्ष भएपछि स्कुल जाने जुन अवसर मिल्यो त्यतिबेलादेखि विज्ञान, ब्रहमाण्ड, मानव जातिको उत्पतिप्रति मेरो चासो बढ्दै गयो । यही क्रममा म अहिले जहाँसम्म आइपुगेको छु, त्यो बाल्यकालको जिज्ञासा हो ’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot