Logo

‘काठमाडौंमा राउटेका राजा कहिलेकाहीँ आउलान्, तर, इतिहासका राजा आउँदैनन्’



काठमाडौं,८ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयणमन्त्री सुदन किरातीले नेपाली जनताले फ्याँकेको राजतन्त्र अब यो जुनीमा नफर्किने दाबी गरेका छन् ।

शुक्रबार कपिलबस्तुमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले लोकतन्त्रको विकल्पमा अब कुनैपनि वंश शासन हुन नसक्ने बताए ।

‘काठमाडौंमा केही साथीहरुले सोध्दै थिए, राजा आउँछन् ? काठमाडौंमा राउटेका राजा चाँहि कहिलेकाहीँ आउँछन्, तर इतिहासमा अंकित भएका राजा आउँदैनन’ मन्त्री किराँतीले भने । उनले उनले ठूलो संघर्षबाट नेपालको विविधतालाई मध्यनजर गरी संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताए ।

मन्त्री किराँतीले देशको भौगौलिक वनावट, जातीय बसोबासका कारणले सबै मिलेर बस्नुपर्ने अवस्था रहेको बताए ।

‘मुक्तिनाथमा बुद्ध र हिन्दुको पूजा गरिन्छ, माईपोखरीमा बुद्ध हिन्दु र किराँतको पूजा गरिन्छ, हलेसीमा बुद्ध, हिन्दु र किराँतको संगमस्थल छ, संसारमा कहाँ छ, लुम्बिनीलाई मुस्लिमहरुले जोगाएका छन्’, मन्त्री किराँतीले भने, ‘कुनै पनि तत्वले समाजलाई फुटाउन सक्दैनन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot