Logo

विप्लवको घोषणा : एकचोटी नेपालको नेतृत्व लिन चाहन्छौं (भिडिओसहित)



काठमाडौं, ९ मंसिर । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकचोटी यो देशको नेतृत्व आफूहरुले लिन चाहेको बताएका छन् । हिजो (शुक्रबार) रोल्पाको थवाङमा नेपाल कम्युनिस्ट पार्टीको १०औं पुनर्गठन दिवसको अवसरमा आयोजित थवाङ–जन उत्सव÷जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यो २१औं शताब्दीमा नेपाललाई समाजवादी मुलुक बनाउनको लागि हामी नेतृत्व लिन चाहन्छौं । अब दलालहरुको कुरा सुनेर हुँदैन् । नेपाललाई दुःख परेको बेलामा त्यसै छोडेर हिँड्न मिल्दैन् । यो देशको नेतृत्व हामीले गर्ने हो ।’

उनले देशलाई बर्बाद हुन नदिईने घोषणा गरे । उनले देशलाई विदेशीहरुको अखेडा हुन नदिने जिकिर गरे । उनले अब देशलाई कता लैजाने ? भनेर दलाल पुँजीवाद की समाजवाद भनेर जनमतसंग्रह गर्न चूनौति दिए ।

उनले अहिले संसदीय व्यवस्था ठीक छ भनेर कसैले पनि नभनेको स्पष्ट पारे । उनले कांग्रेस, एमाले, माओवादीलगायत मधेशवादी दलभित्र पनि संसदीय व्यवस्था चल्दैन भन्ने निश्कर्ष निकालिएको दाबी गरे । उनले यही व्यवस्था अरु १५ वर्ष चल्यो भने नेपाल देश नै रहन्छ की रहँदैन् ? भन्ने प्रश्न उब्जिएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्