Logo

जाजरकोट भूकम्प पीडितको दुःखमा खाल्सा एड इन्टरनेश्नलको मल्हम, १७ दिनदेखि पीडितहरुलाई खानाको उचित प्रवन्ध (फोटोफिचर)



काठमाडौं, ९ मंसिर । जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । अहिलेपनि पीडितहरु सहयोगको याचना गरेर बसेका छन् । यो कठ्याँग्रिंदो चिसोमा पीडितहरु खुला आकाशमुनि रात काट्न बाध्य छन् ।

सरकारले उचित राहत र अस्थायी बसोबासको व्यवस्था गर्न नसकेको आलोचना भैरहेको छ । तर, खाल्सा एड इन्टरनेश्नलले भने पीडितहरुको दुःखमा दह«ो साथ दिएको छ । भूकम्प गएको तेस्रो दिनमै खाल्सा एडबाट परियोजना संयोजक रिम्पल सिंह र ईं अशोक धमला फिल्डमा खटिएका थिए ।

भूकम्प पीडितहरुलाई उचित खानाको बन्दोबस्दसहित सिंह र धमला नेतृत्वको टिम जाजरकोट खटिएको थियो । उनीहरुलाई साहसिक स्वयमसेवक दिनेश तामाङ, सृष्टि घिमिरे, समिर घिमिरे, साजेदा शेखलगायतले साथ दिएका छन् । सिंहकाअनुसार पीडितहरुलाई खाना खुवाउने काम निरन्तर १७ दिनसम्म चलेको थियो ।

उनले पीडितहरुलाई खाना खुवाउने कार्यक्रममा सहभागी सबै सहयोगी मनलाई हृदयदेखि नै धन्यवादसमेत ज्ञापन गरेका छन् । उनले नेपाललाई पर्ने हरेक दुःखमा खाल्सा एड इन्टरनेश्नलले सहयोग पुर्याउँदै आएको भन्दै यसपटक पनि गरेको सहयोगका निम्ति धन्यवाद दिए । उनले आफूहरु छिट्टै अर्को सहयोग–कार्यक्रम लिएर पूनः जाजरकोट जानेपनि जानकारी दिए । Photo by: Amrit Paudel/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्